काठमाडौँ। शेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन ३० अंकले घटेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने ५२ दशमलव २१ अंकले बढेर २५ सय ६६ दशमलव २१ अंकमा चढेको छ ।
शेन्सिटिभ इन्डेक्स पनि आज छ दशमलव २४ अंकले बढेर चार सय ९३ दशमलव ४३ अंकमा चढेको छ । कुल दुई सय २६ वटा कम्पनीह्रुको ४३ हजार पाँच सय ३८ पटकको कारोबारमा आज ५६ लाख १० हजार छ सय ३१ कित्ता शेयर किनबेच भएको छ । जसबाट कुल कारोबार रकम दुई अर्ब ७९ करोड १८ लाख ७२ हजार नौ सय ७० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा अन्य समुहको सुचक सामान्य अंकले घटेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १२ वटा समुहहरुको सुचक उच्च अंकले बढेका छन् ।
कारोबार भएका कुुल कम्पनीहरु मध्ये आज इर्मजिङ नेपाल लिमिटेड, दिव्येश्वरी हाईड्रो पावर कम्पनी आदिले कमाएका छन् भने माउन्टेन इर्नर्जी नेपाल लिमिटेड, शिवश्री हाईड्रो पावर कम्पनी आदिले गुमाएका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज अपी पावर लिमिटेड परेको छ ।