१५ अंकले घट्यो नेप्से, एक अर्ब चार करोडको सेयर कारोबार


खबरस्टोरी संवाददाता
१४ बैशाख २०७९, बुधबार
१५ अंकले घट्यो नेप्से, एक अर्ब चार करोडको सेयर कारोबार
काठमाडौँ । सेयर बजारमा पुन पहिरो गएको छ । अघिल्लो दिन ३५ अंकले घटेको नेप्से आज मंगलबार पनि १५ दशमलव शुन्य दुुई अंकले घटेर २३ सय ७० दशमलव ९९ अंकमा खुम्चिएको छ ।

 क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज एक दशमलव ७४ अंकले घटेर चार सय ५२ दशमलव ९५ अंकमा खुम्चिएको छ । नेप्सेमा आज दुई सय २८ वटा कम्पनीहरुको २५ हजार सात सय ६६ पटकको कारोबारमा ३४ लाख १९ हजार दुई सय २८ कित्ता सेयर किनबेच भएको छ । सोही किनबेचको आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब चार करोड ६० लाख १४ हजार चार सय १७ रुपैंयाँ कायम  भएको छ । 


नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका ११ वटा समुहहरुको सुचक घटेको छन् । 


कारोबार भएका कम्पनीहरु मध्ये आज जाल्पा लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन भने हिमालयन पावर पार्टनर लिमिटेड, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड आदिले गुमाएका छन् । सिद्धार्थ बैंक, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्ट्रिलरी प्राली, आदिको भने आज बढी रकम कारोबार भएको छ ।