५९ अंकले उक्लियो नेप्से, सबै सुचक हरियो


खबरस्टोरी संवाददाता
२९ असार २०७९, बुधबार
५९ अंकले उक्लियो नेप्से, सबै सुचक हरियो
काठमाडौं। साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ५९ दशमलव ५४ अंकले बढेर १९ सय ८६ दशमलव ८२ अंकमा चढ्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ४२ अंकले बढेर तीन सय ८१ दशमलव ३७ अंकमा चढ्न सफल भएको छ । नेप्सेमा आज दुई सय २५ वटा कम्पनीहरुको ३२ हजार सात सय ८२ पटकको कारोबारमा ५७ लाख ८७ हजार एक सय २६ कित्ता खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब चार करोड ४४ लाख ४३ हजार सात रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, टे«डिङ, उत्पादनमुलक, अन्य, लघुवित्त सहितका १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । 

यसैगरी आज नेपाल फाईनान्स, सिईडिबी हाईड्रो पावर कम्पनी, सिभिल बैंक, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन भने एभरेष्ट बंैंकको संस्थापक सेयरक, सनराईज म्यचुअल फण्ड, बलेफी हाईड्रो लिमिटेड आदिले गुमाएका छन् । शिवम सिमेन्ट, एनआईसी एशिया बैंक, नेपाल बैंक, सिभिल बैंक आदिको भने आज बढी सेयर कारोबार भएका छन् ।