अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा


खबरस्टोरी संवाददाता
९ असार २०७९, बिहीबार
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ।

हिजो १ सय २५ रुपैयाँ २२ पैसा थियो । आज युरो १ को खरिद दर १३१.६३ पैसा र विक्री दर १३२.२६ पैसा रहेको छ । यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ८६.३१ पैसा विक्री दर ८६.७२ पैसा तोकेको छ । 

जापानी येन १० को खरिद दर ९.१९ पैसा र विक्री दर ९.२४ पैसा रहेको छ । चाइनिज युआन १८.६३ पैसा खरिद दर रहेको छ भने विक्री दर १८.७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।