अन्नपूर्ण केवुलकारका यात्रुलाई जोशी क्याफेको नयाँ वर्ष अफर


खबरस्टोरी संवाददाता
२८ चैत्र २०७८, सोमबार
अन्नपूर्ण केवुलकारका यात्रुलाई जोशी क्याफेको नयाँ वर्ष अफर
काठमाडौं । पोखरा सराङ्कोट स्थित अन्नपूर्ण केवलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको जोशी क्याफेले नयाँ वर्ष २०७९ सालको स्वागत संगै २०७८ साललाई अविश्मरणीय एवं मनोरन्जनात्मकरुपले विदाई गर्न नयाँ अफर ल्याएको छ । सो अनुरुप यही चैत्र २९, ३० र नयाँ वर्ष बैशाख १ गते अन्नपूर्ण केवलकारमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी विभिन्न सेवा सुविधा तथा मनोरन्जनात्मक कृयाकलाप आयोजना गर्ने क्याफेले जानकारी दिएको छ । 

यस अन्तर्गत लाइभ साँस्कृतिक कार्यक्रममा प्रज्ज्वल समूहको प्रस्तुती रहने छ । काठमाण्डौंमा रहेको जोशी क्याफेको दुई वटा आउटलेटमार्फत प्रवाह गरिरहेको सेवा सुबिधाबाट उपभोक्ताहरु माझ उत्कृष्ठ छाप पार्न सफल यो क्याफेले आफ्नो सेवा विस्तार गर्ने क्रममा उपत्यका बाहिर पहिलो शाखा मुलुककै पर्यटकिय नगरी पोखरामा सेवा सुरुवातको पूर्व सन्ध्यामा पोखरेलीवासीहरु र पोखरा पुग्ने पर्यटकहरुलाई यस क्याफेबाट दिईने सेवा सुविधाको विषेश अवसरको भरपूर आनन्द एवं सन्तुष्टि लिई नयाँ वर्ष २०७९ को स्वागत एवं २०७८ को विदाई अनुरोध गरेको छ ।