अनुपमा खुञ्जेलीले छाडिन मेगा बैंक


खबरस्टोरी संवाददाता
२५ चैत्र २०७८, शुक्रबार
अनुपमा खुञ्जेलीले छाडिन मेगा बैंक
काठमाडौ । मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले मेगा बैक छाडेकी छन् ।

कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा खुञ्जेलीले सीईओबाट राजीनामा दिएकी हुन्। यद्यपि बैक सञ्चालक समितिले भने खुञ्जेलीको राजीनामा स्वीकृति गरिसकेको छैन । निजी क्षेत्रको वाणिज्य बैंकमा पहिलो महिला सीईओ खुञ्जेली २०७४ चैत ३० मा मेगाको सीईओमा नियुक्त भएकी थिइन्। उनको कार्यकाल यही चैत २९ गते सकिँदै थियो।

यसैबीच सञ्चालक समितिले भने बैक भित्रैबाट डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाइ सीईओमा ल्याउने सम्भावना रहेकोे बैंक स्रोत बताउँछन्। यदि श्रेष्ठ मेगा बैंकको सीईओमा नियुक्त भइन् भने उनी वाणिज्य बैंकहरुमा दोस्रो महिला सीईओ हुने छिन्।