अपाङ्गतालाई आईपीओमा हिस्सा छुट्याउन छलफल


खबरस्टोरी संवाददाता
२३ बैशाख २०७९, शुक्रबार
अपाङ्गतालाई आईपीओमा हिस्सा छुट्याउन छलफल
काठमाडौँ। अपाङ्गता भएका व्यक्तिहरूलाई साधारण सेयर आईपीओमा हिस्सा छुट्याउन छलफल भइहेकाे छ ।

नेपाल उद्योग वाणिज्य महासंघबाटआज आयोजित परिपक्क पूँजी बजार सम्मेलनमा बाेल्दै नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड सेबाेनका उपकार्यकारी निर्देशक रूपेश केसीले पछिल्लाे समय सेयर बजारप्रति क्रेज बढेकाे अवस्थामा अपाङ्गता भएका व्यक्तिहरूलाई साधारण सेयर आईपीओमा हिस्सा छुट्याउने बारेमा आफूहरूको छलफल चलिरहेको बताएका छन् ।