अपर हेवाखोला हाइड्रोको आईपीओे भर्ने आज अन्तिम दिन


खबरस्टोरी संवाददाता
२८ असार २०७९, मंगलवार
अपर हेवाखोला हाइड्रोको आईपीओे भर्ने आज अन्तिम दिन
काठमाडौँ। अपर हेवाखोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। यस कम्पनीमा १ अर्ब २१ करोड ९६ लाख ९४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो  । सीडीएसका अनुसार मंगलबार (असार २८ गते) बिहान १० बजेसम्ममा १० लाख ५९ हजार ९३९ जनाले १ करोड २१ लाख ९६ हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् । 

उक्त कम्पनीले २४ असारदेखि १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । योमध्ये ७५ हजार कित्ता सामूहिक लगानी कोष र ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा एनएमबी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले अपर हेवाखोलाको आईपीओलाई औसत जोखिम जनाउने ‘कियरएनपी डबल बी’ रेटिङ दिएको छ ।