स्थानीयले कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आजदेखि बिक्री खुलाइएको आईपीओमा जेठ २४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन पाइने क्यापिटलले बताएको छ ।
हाल जलविद्युतको प्रतिसेयर नेटवर्थ ९५.९१ रुपैयाँ रहेको छ भने प्रति सेयर आम्दानी ४.४९ रुपैयाँ छ । यस्तै, सञ्चित नाफा २२.४८५ रुपैयाँ छ भने नेटवर्थमा प्रतिफल ०.०५ रुपैयाँ छ ।