अपर हेवाखोला जलविद्युतको आईपीओ खुल्यो


खबरस्टोरी संवाददाता
१० जेष्ठ २०७९, मंगलवार
अपर हेवाखोला जलविद्युतको आईपीओ खुल्यो
काठमाडौँ । अपर हेवाखोला  हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर (आईपीओ) सार्वजनिक गरेको छ । कम्पनीले आजदेखि स्थानीयका लागि १०० रुपैयाँ अंकित ५ लाख कित्ता सेयर आवेदन खुलाएको हो ।

स्थानीयले कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आजदेखि बिक्री खुलाइएको आईपीओमा जेठ २४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन पाइने क्यापिटलले बताएको छ ।

हाल जलविद्युतको प्रतिसेयर नेटवर्थ ९५.९१ रुपैयाँ रहेको छ भने प्रति सेयर आम्दानी ४.४९ रुपैयाँ छ । यस्तै, सञ्चित नाफा २२.४८५ रुपैयाँ छ भने नेटवर्थमा प्रतिफल ०.०५ रुपैयाँ छ ।