६ अर्ब २६ करोड रुपैयाँँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता
२२ फाल्गुन २०७८, आईतवार
६ अर्ब २६ करोड रुपैयाँँको  ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौै । नेपाल राष्ट्र बैंकले सोमबार छ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । अपरान्ह तीन बजेसम्म बोलकवोलका माध्यमद्धारा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैकले जानकारी दिएको छ । 

जारी मिती फागुन २५ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । जारी हुने उक्त ट्रेजरीमा २८ दिने अवधिको दुई अर्ब र ९१ दिने अवधिको चार अर्ब २६ करोड रुपैयाँको रहेको छ । परिपक्व हुने अवधि भने क्रमश ः २०७८ चैत्र २२ गते र २०७९ जेठ २४ गते तोकिएको राष्ट्र बैंकको भनाई छ ।