१८ अर्ब ६० करोड रुपैयाँँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता
१२ बैशाख २०७९, सोमबार
१८ अर्ब ६० करोड रुपैयाँँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले पुन १८ अर्ब ६० करोड रुपैयाँको  ट्रेजरी बिल जारी गर्ने भएको छ । सोमवार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा टे«जरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । 

उक्त  ट्रेजरीको जारी मिति भने बैशाख १३ गते तोकिएको छ । टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । जारी गरिने कुुल  ट्रेजरी मध्ये २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको १३ अर्ब ६० करोड रुपैंयाँको रहेको छ । 

राष्ट्र बैंकका अनुसार यी  ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ जेठ १० गते र २०७९ साउन १० गते तोकिएको छ । 

यसअघि यही बैशाख पाँच गते राष्ट्र बैकले १० अर्ब २० करोड रुपैंयाँ बराबरको  ट्रेजरी बिल जारी गरिएको राष्ट्र बैंकको भनाई छ ।