३२ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता
२० चैत्र २०७८, आईतवार
३२ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौँ। भोलि सोमबार नेपाल राष्ट्र बैंकले पुन ३२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका आनुसार भोलि अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको हो ।

जारी मिती चैत्र २२ गते तोकिएको उक्त ट्रेजरी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले खरिद गर्न सक्नेछन् । बिक्री गरिने उक्त ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको नौं अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश : २०७९ बैशाख २० गते, २०७९ असार २१ गते, २०७९ असोज १८ गते र २०७९ चैत्र २१ गते तोकिएको छ । 

राष्ट्र बैंकका अनुसार यही चैत्र १४ गते पनि २२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरिएको थियो ।