जेठ १० गते जारी मिति तोकिएको उक्त ट्रेजरी अन्तर्गत २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैंयाँ बराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असार सात गते, २०७९ भदौ सात गते, २०७९ मंसिर छ गते र २०८० जेठ नौं गते तोकिएका छन् ।