२७ अर्ब २० कराेड रुपैयाँँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता
८ जेष्ठ २०७९, आईतवार
२७ अर्ब २० कराेड रुपैयाँँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौँ। सोमबार नेपाल राष्ट्र बैंकले २७ अर्ब २० करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म बाँणिज्य बैंक, बिकास बैंंक र फाइनान्स कम्पनीहरुको लागि उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ । 

जेठ १० गते जारी मिति तोकिएको उक्त ट्रेजरी अन्तर्गत  २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैंयाँ बराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असार सात गते, २०७९ भदौ सात गते, २०७९ मंसिर छ गते र २०८० जेठ नौं गते तोकिएका छन् ।