१५ अर्ब २५ करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता
२७ चैत्र २०७८, आईतवार
१५ अर्ब २५ करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौँ। भोलि सोमबार नेपाल राष्ट्र बैंकले  पुुनः १५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ  । राष्ट्र बैंकका अनुसार उक्त दिन अपरान्ह तीन बजेसम्म उक्त रकम बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । 

जारी मिती चैत्र २९ गते जारी मिति तोकिएको ट्रेजरी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले खरिद गर्न सक्ने छन् । भोलि जारी हुने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ ।  

जसमध्ये आठ अर्ब र दुई अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी पुरानो नविकरण अन्तर्गतको रहेको छ भने पाँच अर्ब रुपैयाँको ट्रेजरी नयाँ रहेको रहेको छ । राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०७९ असार २८ गते, २०७९ असोज २५ गते र २०७९ चैत्र २८ गते तोकिएका तोकिएका छन् । यसअघि यही चैत्र २१ गते पनि राष्ट्र बैकले ३२ अर्ब  १० करोड रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।