ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन । बैशाख २० गते जारी मिति तोकिएको उक्त ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ बराबरको रहेको छ ।
यि ट्रेजरीहरुको परिवक्व हुने अवधि क्रमश : २०७९ जेठ १७ गते, २०७९ साउन १७ गते, २०७९ कात्र्तिक १५ गते र २०८० बैशाख १९ गते तोकिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि गत साता पनि राष्ट्र बैंकले १८ अर्ब ६० करोड रुपैंयाँ बराबरको टे«जरी बिल जारी गरेको थियो ।