२३ अर्ब १३ करोड रुपैयाँँको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता
१५ जेष्ठ २०७९, आईतवार
२३ अर्ब १३ करोड रुपैयाँँको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक
काठमाडौँ। भोलि (सोमबार) नेपाल राष्ट्र बैंकले पुन: २३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

जारी मिती जेठ १७ गते तोकिएको ट्रेजरी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले खरिद गर्न सक्नेछन् । बोलकवोलको माध्यमद्धारा बिक्री हुने उक्त ट्रेजरीमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको तीन अर्ब १३ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको १२ अर्ब रुपैंयाको रहेको छ । 

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असार १४ गते, २०७९ भदौ १४ गते, २०७९ मंसिर १३ गते र २०८० जेठ १६ गते तोकिएको छ । राष्ट्र बैकले यसअघि पनि २७ अर्ब २० करोड ३२ लाख रुपैंयाँको टे«जरी बिल बिक्री गरेको थियो ।