जारी मिती जेठ १७ गते तोकिएको ट्रेजरी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले खरिद गर्न सक्नेछन् । बोलकवोलको माध्यमद्धारा बिक्री हुने उक्त ट्रेजरीमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको तीन अर्ब १३ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको १२ अर्ब रुपैंयाको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असार १४ गते, २०७९ भदौ १४ गते, २०७९ मंसिर १३ गते र २०८० जेठ १६ गते तोकिएको छ । राष्ट्र बैकले यसअघि पनि २७ अर्ब २० करोड ३२ लाख रुपैंयाँको टे«जरी बिल बिक्री गरेको थियो ।