आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इञ्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गूगल यातायातका सञ्चालक राजन रोक्कालगायतको उपस्थितिमा काठमाडौंमा संयुक्त रट्पठमा रिबन काटी क्याम्प शुरु गरिएको हो।
यस योजनाअन्तर्गत पार्ट्समा ५० प्रतिशतसम्म छुट, लुब्रिकेन्टमा १२ प्रतिशतसम्म छुट र लेबर चार्जमा ३० छुटका साथसाथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। यस सर्भिस क्याम्पमा ग्राहकले विभिन्न आकर्षक उपहारका साथै फ्रि गाडी वासिङ्ग, फ्रि टिसर्ट, १ लिटर सम्मको फ्रि इञ्जिन आयल र कुलेन्ट टपअप पनि लिन सक्नेछन्।
यस सर्भिस क्याम्पको अफरहरु आशेक लेल्याण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागू हुनेछ। ग्राहकहरूले अशोक लेल्याण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन् भने छुट कुपन पनि प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दियो।
सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौँ भन्ने नाराका साथ शुरु भएको यो योजना ६ चैतदेखि ११ गतेसम्म मात्र लागू हुनेछ। त्यस्तै आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।