अदालतको आदेशसँगै बतास समूहलाई पशुपति धर्मशालामा होटल चलाउन रोक


खबरस्टोरी संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार
अदालतको आदेशसँगै बतास समूहलाई पशुपति धर्मशालामा होटल चलाउन रोक
काठमाडौं । नेपाल–भारत मैत्री पशुपति धर्मशालामा होटल चलाउन बतास समूहलाई अदालतले रोक लगाएको छ ।यसअघि गत चैत २५ मा अदालतले बतास समूहको पक्षमा अन्तरकालीन आदेश जारी गरेको थियो ।

बुधवार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले सो अन्तरकालीन आदेश बदर गरेसँगै समूहले धर्मशालामा होटल चलाउन नपाउने भएको हो ।