बेबी लाइफ होमलाई सिटिजन्स बैंकको आर्थिक सहयोग


खबरस्टोरी संवाददाता
१ बैशाख २०७९, बिहीबार
बेबी लाइफ होमलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

काठमाडौं । करिब एक दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्यउपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दे आएको बेबी लाइफ होमलाई सिटिजन्स बैंकले आर्थिक सहयोग प्रदान गरेको छ ।  बैंकले आर्थिक सहयोग स्वरुप दुई लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो १५ औं बार्षिकउत्सव यहि बैशाख ७ गते मनाउदै छ सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । 

एक समारोहकाबीच बैंकले दुई लाखको चेक संस्थाका संचालक राजकुमार पुनलाई हस्तान्तरण गरेको हो । बेबी लाइफ होममा रहेका २६ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक पुनले जानकारी दिएका छन् ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण  गरेको हो ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि  जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी  गराएको छ ।

बैंकले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै कियोस्क सेवाको सुरुवात पनि गरेको छ ।