बढ्यो डलरको भाउ, अन्य मुद्राको बिक्रीदर के कति छ ?


खबरस्टोरी संवाददाता
२४ बैशाख २०७९, शनिबार
बढ्यो डलरको भाउ, अन्य मुद्राको बिक्रीदर के कति छ ?
काठमाडौ । अमेरिकी डलरको मुल्यमा बृद्धि भएको छ । आज शनिबार अमेरिकी डलर एकको बिक्रीदर १२३.३७ रुपैयाँ र खरिददर १२२.७७ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको खरिद÷बिक्री दर तोकेको हो ।

यस्तै, एक यूरोको बिक्रीदर १३०.४६ रुपैयाँ र खरिददर १२९.८३ रुपैयाँ छ भने पाउण्ड स्र्टलिङको बिक्री मूल्य १५२.२८ रुपैयाँ र खरिद मूल्य १५१.५४ रुपैयाँ छ । यस्तै, अष्ट्रेलियन डलरको बिक्री मूल्य ८७.५६ रुपैयाँमा हुँदा खरिद ८७.१३ रुपैयाँमा भइरहेको जानकारी केन्द्रीय बैंकले दिएको छ ।

८९.१२ रुपैयाँमा बिक्री भइरहेको सिंगापुर डलरको खरिद मूल्य ८८.६८ रुपैयाँ र १० जापानी येनको बिक्री ९.४६ रुपैयाँमा भइरहँदा खरिद ९.४१ रुपैयाँमा भइरहेको छ । यसका साथै, चिनियाँ युवानको बिक्री मूल्य १८.४९ रुपैयाँमा बिक्री भइरहँदा १८.४० रुपैयाँमा खरिद भइरहेको छ ।

साउदी रियालको बिक्री मूल्य ३२.८९ हुँदा ३२.७३ रुपैयाँमा र कतारी रियालको बिक्री मूल्य ३३.८० रुपैयाँ र खरिद मूल्य ३३.६३ रुपैयाँ छ भने संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री मूल्य ३३.५९ रुपैयाँ र खरिद मूल्य ३३.४२ रुपैयाँ छ । यस्तै, मलेसियन रिंगटको बिक्री मूल्य २८.२३ रुपैयाँ र खरिद मूल्य २८.०९ रुपैयाँ छ ।