बढ्यो सुनको मूल्य, चाँदीको स्थिर


खबरस्टोरी संवाददाता
२० माघ २०७८, बिहीबार
बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० कायम भएको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ७०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।