भोलिबाट हवाई सेवा बन्द गर्ने वायुसेवा सञ्चालकहरूको चेतावनी (विज्ञप्तीसहित)


खबरस्टोरी संवाददाता
८ असार २०७९, बुधबार
भोलिबाट हवाई सेवा बन्द गर्ने वायुसेवा सञ्चालकहरूको चेतावनी (विज्ञप्तीसहित)
काठमाडौं । निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भोलीबाट हवाई सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ गते गरेको निर्णय नसच्चाएकाले भोलि बुधबारबाट सबै उडान बन्द गर्ने चेतावनी दिएका हुन्। संघले ५ बुँदे माग अगाडि बढाउँदै यस्तो चेतावनी दिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते हवाई सेवा प्रदायक कम्पनी जहाज विसानका लागि लिएको अनुमति अनुसार नै जहाज पार्किङ गर्नु पर्ने र पहिले उडान त्यहीबाट गर्नु पर्ने निर्णय गरेको थियो। यसैगरी प्राधिरकणले हेलिकोप्टरमा २ जना पाइलट राख्नु पर्ने निर्णय समेत गरेको थियो।

प्राधिकरणले हवाई जहाजको हकमा १३ गते र हेलिकोप्टर हकमा ७ गते बाट नै विसान लागु हुने पर्ने निर्णय गरेको थियो।

संघले प्राधिकरणले निर्णय गर्दा सम्बन्धित हवाई सेवा कम्पनीहरुसँग छलफल नगरी भविष्यमा आई पर्ने समस्याहरुप्रति वेवास्ता गरिएको र एकपक्षी स्वेच्छाचारी निर्णयले वायुसेवा कम्पनीहरुबाट प्रदान गरिने सेवाहरुमा समस्या उत्पन्न हुन गएको तथा निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने अवस्था सृजना भएको दाबी गर्दै संघले उडान नै बन्द गर्ने निर्णय गरेको छ। संघले पत्रकार सम्मलेन गर्दै सरकारी निर्णय कार्यान्यवन नगरी चेतावनी दिएको हो।

संघले विमानस्थल सेवा शुल्क नियम २०७८ अनुसार बढेको शूल्क पुरानै हुन पर्ने विषय पनि अगाडि सारेको छ।यसैगरी संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दिर्घकालिन हेलिप्याड, मर्मतमा लागि ह्याङ्गर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान लगायतका कुराहरुमा समेत आवाज उठाएको छ ।