भारतबाट बिजुली आपूर्ति रोकिएपछि भैरहवा क्षेत्रका उद्योग बन्द


खबरस्टोरी संवाददाता
९ चैत्र २०७८, बुधबार
भारतबाट बिजुली आपूर्ति रोकिएपछि भैरहवा क्षेत्रका उद्योग बन्द
काठमाडौ । भारतबाट आपूर्ति हुदै आएको बिजुली नआएपछि भैरहवा क्षेत्रका उद्योग मंगलबार रातिदेखि बन्द भएका छन् ।त्यस क्षेत्रमा सञ्चालन हुने प्राय सबै उद्योगमा  भारतबाट आयातित बिजुली प्रयोग हुन्छ ।

भैरहवा क्षेत्रमा प्रयोग हुने भारतबाट आयातित ६० देखि ७० मेगावाटको बिजुली  आपूर्ति रोकिएसँगै सबै उद्योग बन्दको संघारमा पुगेका छन् ।