बिज बजारबाट सामान खरिद गर्दा ५० प्रतिशत छुट


खबरस्टोरी संवाददाता
३ बैशाख २०७९, शनिबार
बिज बजारबाट सामान खरिद गर्दा ५० प्रतिशत छुट
काठमाडौं । ई–कमर्स प्लेटफर्म बिज बजारले नववर्ष लक्षित योजना ल्याएको छ । बिज बजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ । 

नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिज बजारले वैशाख महिनाभर योजना लागू गर्ने जनाएको छ । 

साथै साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।