काठमाडौं । सरकारले कृषि कर्जा कोष स्थापना गर्ने भएको छ । आइतबार नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को वजेटमा कृषि क्षेत्रलाई आधुनिक करण गर्ने क्रममा आवश्यक पर्ने रकम विभिन्न बैक तथा वित्तीय संस्थाहरुले दिने कृषि कर्जालाई यस कोषमा जम्मा गर्न लगाइने जनाएका हुन् ।
लघुवित्तमार्फत कृषि क्षेत्रमा लगानी गर्न ५ खर्बको कोष स्थापना गरिने अर्थमन्त्रीले बताए। यो कोषमा बैंक तथा वित्तीय संस्थाका साथै नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषले लगानी गर्नु पर्नेछ।
यो कोषमा बैंक तथा वित्तीय संस्थाले विपन्न क्षेत्रमा जाने ५ प्रतिशत र कृषि क्षेत्रमा जाने १० प्रतिशत रकम जम्मा गर्नुपर्नेछ ।