बजेटः पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड बिनियोजन


खबरस्टोरी संवाददाता
१५ जेष्ठ २०७९, आईतवार
बजेटः पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड बिनियोजन
काठमाडौं । सरकारले पर्यटन क्षेत्रको विकासका लागि ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजना गरेको छ । आ.व. ०७९/८० को बजेटमा नेपालमा १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नयाँ पुस्तालाई नेपाल भ्रमणका लागि आकर्षण गरिने तथा विभिन्न कार्यक्रम गरिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । 

द्रुतमार्ग निर्माण गरी २ घण्टामा सगरमाथा पुग्न सकिने ब्यवस्था गरिने बजेट भाषणमा उल्लेख छ । 

सगरमाथा क्षेत्रसम्म जाने हालको मार्गलाई पनि सुधार गरिने उल्लेख छ । सगरमाथामा अनुसन्धान केन्द्र, हिमाली गुम्बा संरक्षण कार्यक्रम जस्ता कार्यक्रम अघि सारिएको छ ।  

यस्तै, खेल पर्यटकका लागि आकर्षणको कार्यक्रम ल्याइने, हरित तथा पर्यापर्यटनमा जोड, मिथिला क्षेत्र तथा ग्रामीण क्षेत्रलाई आकर्षण पर्यटक गन्तब्यको रुपमा विकास गरिने बजेटमा उल्लेख छ । । 

यसैगरी पर्यटन ब्यवसायीहरुका लागि सहुलियत कर्जाको ब्यवस्था गरिने पनि अर्थमन्त्री शर्माले जानकारी दिए ।  

ग्रेट हिमालयन ट्रेड निर्माण, पोखरामा गुरुङ मौलिक संस्कृतिको संरक्षण तथा मुगु, मनाङ, मुस्ताङमा सडक विस्तार कार्यक्रमलाई जोड दिइने छ । 

यस्तै, काठमाडौंको कीर्तिपुरमा जनजाति संग्राहलय स्थापना गरिने पनि अर्थमन्त्री शर्माले जानकारी दिए ।