द्रुतमार्ग निर्माण गरी २ घण्टामा सगरमाथा पुग्न सकिने ब्यवस्था गरिने बजेट भाषणमा उल्लेख छ ।
सगरमाथा क्षेत्रसम्म जाने हालको मार्गलाई पनि सुधार गरिने उल्लेख छ । सगरमाथामा अनुसन्धान केन्द्र, हिमाली गुम्बा संरक्षण कार्यक्रम जस्ता कार्यक्रम अघि सारिएको छ ।
यस्तै, खेल पर्यटकका लागि आकर्षणको कार्यक्रम ल्याइने, हरित तथा पर्यापर्यटनमा जोड, मिथिला क्षेत्र तथा ग्रामीण क्षेत्रलाई आकर्षण पर्यटक गन्तब्यको रुपमा विकास गरिने बजेटमा उल्लेख छ । ।
यसैगरी पर्यटन ब्यवसायीहरुका लागि सहुलियत कर्जाको ब्यवस्था गरिने पनि अर्थमन्त्री शर्माले जानकारी दिए ।
ग्रेट हिमालयन ट्रेड निर्माण, पोखरामा गुरुङ मौलिक संस्कृतिको संरक्षण तथा मुगु, मनाङ, मुस्ताङमा सडक विस्तार कार्यक्रमलाई जोड दिइने छ ।
यस्तै, काठमाडौंको कीर्तिपुरमा जनजाति संग्राहलय स्थापना गरिने पनि अर्थमन्त्री शर्माले जानकारी दिए ।