बजेटः उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट


खबरस्टोरी संवाददाता
१५ जेष्ठ २०७९, आईतवार
बजेटः उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट
काठमाडौं। सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि १० अर्ब ४८ करोड रूपैयाँ बजेट विनियोजित गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि उक्त बजेट विनियोजित गरेको जानकारी दिए । 

दुर्गम क्षेत्रमा खाद्य सुरक्षाको लागि खाद्य भण्डार निर्माण एवम् खाद्यान्न तथा आयोडिनयुक्त नुन ढुवानी अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको छ । उद्योग तथा व्यवसायको प्रोत्साहन गर्दै औद्योगिक विकासको लागि वैदेशिक लगानी प्रवर्दन गरिने अर्थमन्त्री शर्माले बताए । 

उद्योग स्थापनाको लागि सरकारले ५० वर्षको लागि जग्गा दिने व्यवस्था मिलाउने भएको छ ।