बैंक अफ काठमाडौंको नयाँ शाखा कास्कीको पावर हाउसमा


खबरस्टोरी संवाददाता
१६ बैशाख २०७९, शुक्रबार
बैंक अफ काठमाडौंको नयाँ शाखा कास्कीको पावर हाउसमा
काठमाडौं। बैंक अफ काठमाण्डू लिमिटेडको पोखरा महानगरपालिका वडा नं. ३०, पावर हाउस चोक स्थित पावरहाउस शाखाको आज शुक्रबार एक समारोहकाबिच समुद्घाटन गरेको छ । बैंकका अनुसार लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीबाट संयुक्तरुपमा उक्त शाखाको औपचारिक समुद्घाटन भएको हो । 

उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिइन् । साथै, गण्डकी प्रदेशमा थप शाखा कार्यालयहरु पनि चाँडै संचालनमा ल्याउने योजना बैंकको रहेको जानकारी दिइन् ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष आत्रेयले बैंक अफ काठमाण्डू लिमिटेडलाई पावर हाउस क्षेत्रमा स्वागत गर्नुको साथै स्थानिय उद्योग व्यवसाय क्षेत्र तथा स्थानिय सर्वसाधारणहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास लेखनाथ उद्योग वाणिज्य संघले लिएको जानकारी दिए । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको छ ।