बैंक अफ काठमाण्डू लिमिटेड र ल्याण्डमार्क होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट पस तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई स्पेशल प्याकेजमा १२ दशमलव पाँच प्रतिशतको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
आउदै गरेको नयाँ वर्ष २०७९ लाई लक्षित गरि बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने स्पेशल प्याकेजमा १२ दशमलव पाँच प्रतिशतको विशेष छुट प्रदान गरिएको होे ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । ल्याण्डमार्क होटलले काठमाण्डौं, पोखरा र चितवनबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।
हालसम्म बैंकले ९७ शाखा कार्यालयहरु, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।