सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्र्तगत पर्पल हेज रेष्ट्रो एण्ड गार्डेन, एयरपोटचोक, विराटनगरमा १५ प्रतिशत, मिठो रेष्टुरेन्ट एण्ड थकाली किचन बिर्तामोडमा १० प्रतिशत, नोवेल होटल एण्ड स्वीमिङ कम्प्लेक्स इमाडोलमा १० प्रतिशत, मिटिङ प्वाईन्ट रेष्टुरेन्ट एण्ड वार बिर्तामोडमा पाँच प्रतिशत, होटल अर्थलाईट प्राली सौराह चितवनमा २० प्रतिशत, चिकेन स्टेशन इमाडोलमा १० प्रतिशत तथा सोलमारी रेष्ट्रो एण्ड मिटिङ प्राली इमाडोमा १५ प्रतिशत छुट पाउने छन् ।
अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत मेडसिटी फार्मेसी बिर्तामोडमा १० प्रतिशत, रामजानकी हष्पिटल प्राली जनकपुरमा १५ प्रतिशत र नमो मनकामना डेन्टल एण्ड क्लिनिक इमाडोमा २५ प्रतिशत छुटको व्यवस्था रहेको छ । साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले विराटनगरको पिपलचोकमा रहेको तनाशा फेशन स्टुडयोमा १५ प्रतिशत छुट पाउने छन् । जिम÷फिटनेस सेन्टर अन्र्तगत सेप्स फिटनेश जीम ढल्कोमा विभिन्न योजनाहरुमा ४५ प्रतिशतसम्मको छुट रहेको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्न सक्ने छन् । यसको विस्तृत विवरण बैंकको वेवसाइट मा उपलब्ध रहेको जानकारी गर्दछौं ।