बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई रोडहाउस क्याफे पोखरामा १० प्रतिशत छुट


खबरस्टोरी संवाददाता
१२ चैत्र २०७८, शनिबार
बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई रोडहाउस क्याफे पोखरामा १० प्रतिशत छुट
काठमाडौं। बैंक अफ काठमाण्डू लिमिटेड र रोड हाउस क्याफे पोखराबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । 

यो सम्झौता पश्चात् ग्राहकहरुले रोड हाउस क्याफे पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । रोड हाउस क्याफे पोखराले लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।  

हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दे आईरहेको छ ।