बैंक अफ काठमाण्डूद्धारा हेल्पलाईन सेवा सञ्चालन


खबरस्टोरी संवाददाता
९ चैत्र २०७८, बुधबार
बैंक अफ काठमाण्डूद्धारा हेल्पलाईन सेवा सञ्चालन
काठमाडौं।  बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाईन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई बैंकिङ कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरुको जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाईन स्थापना गरेको छ । 

बैंकका अनुसार हेल्पलाईन सेवा अन्र्तगत ग्राहकहरुले बैंकको कुनैपनि डिजिटल कारोबारहरुको कुनै जिज्ञासा भएमा बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नेछन् । बैंकको मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम तथा पसको कारोबारमा केहि समस्या आएमा बैंकका ग्राहकहरुले हेल्पलाईन नम्बर ०१–५९१९९११ वा इमेल ठेगानाबाट सिधै सहयोग लिन सक्नेछन् ।

बैंकले सार्वजनिक गरेको यस हेल्पलाईन सेवाले ग्राहकहरुको बैंकिङ कारोबारमा तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।