बैंकका अनुसार हेल्पलाईन सेवा अन्र्तगत ग्राहकहरुले बैंकको कुनैपनि डिजिटल कारोबारहरुको कुनै जिज्ञासा भएमा बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नेछन् । बैंकको मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम तथा पसको कारोबारमा केहि समस्या आएमा बैंकका ग्राहकहरुले हेल्पलाईन नम्बर ०१–५९१९९११ वा इमेल ठेगानाबाट सिधै सहयोग लिन सक्नेछन् ।
बैंकले सार्वजनिक गरेको यस हेल्पलाईन सेवाले ग्राहकहरुको बैंकिङ कारोबारमा तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।