बैंकका कर्मचारीलाई २०७८ मा ३२ दिन बिदा


khabarstory
१६ चैत्र २०७७, सोमबार
बैंकका कर्मचारीलाई २०७८ मा ३२ दिन बिदा

वर्ष २०७८ मा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले शनिबारबाहेक ३२ दिन बिदा पाउने भएको छन् ।

नियमकारी निकाय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीअनुसार दसैँ बिदा बढाएर ११ दिन पुर्‍याइएको छ भने महिनागत रूपमा असोजमा नौ दिन बिदा दिइने भएको छ ।

वैशाखमा दुई, जेठमा दुई, भदौमा तीन र असोज नौ दिन बिदा दिइएको छ ।  कात्तिकमा छ, मंसिरमा दुई, माघ एक, फागुनमा तीन र चैतमा चार दिन बिदा रहेको छ । कर्मचारीको संस्कृति वा उनीहरूले मनाउने पर्वअनुसार पनि बिदा लिन पाउनेछन् ।