बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी समातिए


खबरस्टोरी संवाददाता
१५ असार २०७९, बुधबार
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी समातिए
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रामेछाप सुनापाती गाउँपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी बस्ने बिनोद लामा भन्ने ४३ वर्षीय  बिनोद घिसिङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७८ पुस २७ गतेको फैसलाले बैंकिङ कसूरका ३ थान मुद्दामा २१ दिन कैद र १ करोड २ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो । 

बिनोदले मेघा बैंक लिमिटेड बौद्ध शाखाको आफ्नो खातामा पर्याप्त रकम नभएको भनी जानी–जानी पीडितलाई झुक्याएर चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।