बलेफी हाइड्रोपावरको आईपीओ खुल्यो


खबरस्टोरी संवाददाता
१६ चैत्र २०७८, बुधबार
बलेफी हाइड्रोपावरको आईपीओ खुल्यो
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ खुलेको छ । बलेफी हाइड्रोले बुधबार (चैत १६ गते) देखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो । आजदेखि खुला गरिएको आवेदन चैत्र २१ गतेसम्म दिन सकिने छ । 

बलेफीले १८ लाख २७ हजार कित्ता आईपीओ बिक्री खुला गरेको जनाएको छ । कम्पनीले कुल १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता आईपीओ सर्वसाधारणमा जारी गरेको छ ।

इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।