बीमा कम्पनीलाई पूँजीवृद्धि गर्न सकस, मर्जरको बाटो खुल्ला


खबरस्टोरी संवाददाता
११ बैशाख २०७९, आईतवार
बीमा कम्पनीलाई पूँजीवृद्धि गर्न सकस, मर्जरको बाटो खुल्ला
काठमाडौँ। बोनस र हकप्रद सेयर जारी गरे कै आधारमा निर्जिवन बीमा कम्पनीहरुलाई तोकिएको चुक्ता पुँजी कायम गर्न कठिन हुने देखिएको छ । नियमनकारी निकाय बीमा समितीले समय तोकेर निर्जिवन बीमा कम्पनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब रुपैयाँलाई बृद्धि गरी दुई अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन निर्देशन दिएको छ । यसको समयसिमा २०७९ चैत मसान्तसम्म तोकिएको छ । यो समयसिमा भित्र सबै बीमा कम्पनीहरुले तोकिएको न्युनतम चुक्ता पुँजी कायम गरिसक्नु पर्ने छ । 

पुँजी बुद्धिको योजनाको लागि समितीले यही चैत्र १० गतेको मितीले एक महिनाको समय दिएको छ । उक्त एक महिना बोनस, हकप्रद र मर्जर मार्फत पुँजी  बृद्धिको योजना पेस गरिसक्नु पर्ने छ । तर बीमा कम्पनीहरुको हाल कायम रहेको चुक्ता पुँजीको अवस्थालाई हेर्दा तोकिएको अवधिमा चुक्ता पुँजी कायम गर्न भने कठिन देखिएको छ । यस अवधिमा कुनै पनि तोकिएको चुक्ता पुँजी कायम गर्न नसक्ने बीमा कम्पनीहरुको हकमा भने मर्जरको बाटो खुल्ला भएको बीमा समितीले जनाएको छ । मर्जरमा जाँदा बीमा कम्पनीहरुको संख्या घटे संगै नियमनकारी निकायको सुपरीवेक्षकीय क्षमता पनि बढ्नुको साथै यसले सिंगो बीमा क्षेत्रलाई सवल र सक्षम बनाउने समितीको भनाई छ । 

नेपालमा हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरु मध्ये आईएमई जनरल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी  एक अर्ब करोड ७५ लाख ८६ हजार रुपैयाँ रहेको छ भने एनएलजी इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी एक अर्ब २० करोड ६० लाख रुपैयाँ रहेको छ । युनाईटेड, हिमालयन जनरल, अजोड र जनरल इन्स्योरेन्स कम्पनीको चुक्ता पुंजी भने क्रमश: एक अर्ब एक करोड, एक अर्ब १० करोड, एक अर्ब र एक अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । यसैगरी सगरमाथा, सानिमा जनरल, लुम्विनी जनरल र शिखर इन्स्योरेन्स कम्पनीहरुको चुक्ता पुंजी भने क्रमश: एक अर्ब ११ करोड १३ लाख, एक अर्ब, एक अर्ब १९ करोड ८९ लाख र एक अर्ब ७५ करोड ८५ लाख रुपैयाँ रहेको छ । 

चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा एभरेष्ट, सिद्धार्थ, प्रभु र प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीहरुले पनि क्रमश : एक अर्ब १८ करोड ३६ लाख, एक अर्ब १२ कारेड, एक अर्ब १६ करोड १९ लाख र एक अर्ब १० करोड ८५ लाख रुपैयाँ चुक्ता पुंजी कायम गरेका छन् । प्रिमियर, नेपाल, नेको र राष्ट्रिय बीमा कम्पनीले पनि क्रमश : एक अर्ब सात करोड ४५ लाख, एक अर्ब २४ करोड २३ लाख र एक अर्ब ३१ करोड ७४ लाख र २६ कारेड ६६ लाख ३९ हजार रुपैयाँ चुक्ता पुंजी कायम गरेका छन् । 

कुन बीमा कम्पनीको चुक्ता पुंजी कति ? हेर्नुहोस यस्तो छ अवस्था  (रकम रु. हजारमा) 


(श्रोत सम्वन्धीत बीमा कम्पनीहरुको अपष्किृत वित्तीय बिवरण)