बाणिज्य बैंकको साझा निर्णयः कम्तीमा एक हप्ता नयाँ एलसी बन्द


खबरस्टोरी संवाददाता
२८ चैत्र २०७८, सोमबार
बाणिज्य बैंकको साझा निर्णयः कम्तीमा एक हप्ता नयाँ एलसी बन्द
काठमाडौं । बाणिज्य बैंकहरुले कम्तीमा एक हप्ताका लागि प्रतितपत्र (एलसी) को कारोबार रोक्का गर्ने निर्णय गरेका छन् । २७ वटा बाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर संघको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णय अनुसार तत्कालकालागि नयाँ एलसीको कारोबार बन्द हुने छ । उनीहरुले कम्तीमा पनि एक हप्ताको लागि नयाँ एलसीको कारोबार बन्द हुने जनाएका छन् । 

पछिल्ला महिनाहरुमा देशमा बिदेशी मुद्राको सञ्चिची घट्दै गएकाले राष्ट्र बैंकले पनि अत्यावश्यक बाहेकका बस्तुको आयातमा एलसी नखोल्न सुझाव दिएसँगै बाणिज्य बैंकहरुले कम्तीमा एक हप्ताको लागि नयाँ एलसी नखोल्ने निर्णय गरेको संघले जानकारी दिएको छ । 

एलसी रोकिंदा बिदेशबाट ल्याइने सामानहरुको आयात घट्ने बिदेशी मुद्राको सञ्चिती बढ्ने छ । 

यसैगरी संघले बैशाख महिनाभरीमा निक्षेपको व्याजदरलाई स्थिर राख्ने समेत निर्णय गरेको छ ।