सभाले आ.ब.२०७७ र २०७८ को संचालक समितिको प्रतिवेदन तथा बार्षिक वित्तीय विवरण पारित गरेको छ । साथै आ.ब.२०७८ र २०७९ का लागि लेखापरिक्षकको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ । सभामा शेयरधनीहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ संस्थाका अध्यक्ष पौडेलले दिएका थिए । संस्थाको भावी योजना सम्बन्धमा प्रमूख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले प्रकाश पारेका थिए ।
कार्यक्रममा संस्थाका मूख्य लगानीकर्ता, एनआरएनका सचिव राजेन्द्र कुमार शर्मा, एशिया प्याशिफिक क्षेत्रका संयोजक रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द) ले बोलेका थिए । कार्यक्रम संस्थाका कम्पनी सचिव राजसून्दर श्रेष्ठले संचालन गरेका थिए । आर्थिक तथा पर्यटकीय नगरी चितवनको नारायणगढ, सहिदचोकमा १५ औं शाखा विस्तार गरेको फाइनान्सले निकट भविष्यमा बाग्लुङको गलकोट, प्रदेश नं. २ को विरगंज तथा प्रदेश नं. १ को इटहरी सहित अन्य जिल्लाहरुमा शाखा कार्यालय खोल्ने योजना रहेको बताइएको छ ।
वेष्ट फाईनान्स कम्पनी लिमिटेडले पछिल्लो बर्षमा उल्लेख्य वित्तिय विवरण सुधार गर्दे आफनो ग्राहकवर्गलाई उच्चतम प्रविधिका साथ सेवा उपलब्ध गराउँदै आएको छ । घरमै बसि अनलाईनमार्फत सहज तथा सरल तवरले खाता संचांलनको नंया सुविधा समेत संस्थाले हालसालै संचालनमा ल्याएको प्रमूख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले बताएका छन् ।