बित्तीय प्रणालीमा एक अर्ब ९३ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता
१० चैत्र २०७८, बिहीबार
बित्तीय प्रणालीमा एक अर्ब ९३ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक
काठमाडौ । नेपाल राष्ट्र बैकले वित्तीय प्रणालीमा एक अर्ब ९३ करोड २६ लाख रुपैयाँ बराबरको संस्थागत निक्षेप राख्ने भएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनी समेतको नाउँमा सुचना जारी गर्दै रकम लगानीको लागि प्रस्ताव गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि तीन सय ६५ दिन अर्थात २०७९ बैशाख दुई गतेदेखि २०८० बैशाख एक गतेसम्म तोकिएको छ । लगानीको लागि छु्ट्याईएको कुल रकम मध्ये बाँणिज्य बैकहरुको लागि एक अर्ब ५४ करोड ६२ लाख, बिकास बैंकहरुको लागि २८ करोड ९८ लाख र फाईनान्स कम्पनीहरुको लागि नौं करोड ६६ लाख रुपैयाँ रुपैयाँ रहेको छ । रकम लगानी रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही चैत १७ गतेसम्म आवेदन दिनु पर्ने छ । 

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनु पर्ने छ ।