कम्पनीले केई रंगनाथन, प्रबन्ध निर्देशक, रोकाबाथरूम प्रोडक्ट्स प्रा.लि.को नेपाल भ्रमणको अवसर पारि ८ वटा नयाँ शोरुम, ५ वटा ब्रान्ड प्यारीवेयर र ३ वटा ब्रान्ड रोकाको उद्घाटन गरेको छ । ब्रान्ड प्यारीवेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २० प्रतिशतको बजार हिस्सा पाएको छ । विश्वको नम्बर १ बाथरूम निर्माता र युरोपेली ब्रान्ड रोका संसारका १८० भन्दा बढी देशहरूमा अवस्थित छ । रोकासँग नेपालमा प्रिमियमबजार हिस्सा छ र यसको नेपालमा व्यापार उच्च वृद्धिको चरणमा रहेको छ । कम्पनीका लक्जरी ब्राण्ड अरमानी रोका र लाउफेन बलियो रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा छन् । यी नयाँ शोरुमहरूको सुरुवातसँगै, ब्रान्डले नेपालमा बलियो उपस्थिति जनाउँदै उपभोक्ताको विश्वास जित्ने लक्ष्य राखेको छ ।