बुद्धनगर एग्रो फार्मले पाँच करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने


खबरस्टोरी संवाददाता
१४ चैत्र २०७८, सोमबार
बुद्धनगर एग्रो फार्मले पाँच करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने
काठमाडौं।  एन आई सी एशिया क्यापिटलले आईडिया टु आईपिओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपिओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । सोही सेवा अन्तर्गत बुटवल ११, मिलनचोक, रुपन्देही, नेपालमा कार्यालय रहेको बुद्धनगर एग्रो फार्म लिमिटेडको एक सय रुपैयाँ अंकित दरका पाँच लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) साधारण शेयर सार्वजनिक निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र बुद्धनगर एग्रो फार्म लिमिटेडबिच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । 

आईपिओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो । एन आई सी एशिया क्यापिटलको आईडिया टु आईपिओ  सेवा अन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आईपिओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथासिघ्र आईपिओ जारी गर्ने व्यवस्था मिलाइने कम्पनीले जानकारी दिएको छ । क्यापिटलले उक्त एग्रो फार्मलाई अन्य आवश्यक व्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षमा परामर्श सेवा समेत उपलब्ध गराउने सम्बन्धी समेत दुई पक्षिय सम्झौता भएको जानकारी गराएको छ । 

साथै उक्त आईडिया टु आईपिओ सेवा सम्बन्धी थप जानकारीको लागि मर्चेण्ट बैंकिङ प्रमुख, दामोदर रायमाझी मोवाईल नं. ९८५११८४९७९ वा इमेल ठेगानामा सोझै सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।