बियर बोतलमा झण्डै २० रुपैयाँले बढ्यो


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
बियर बोतलमा झण्डै २० रुपैयाँले बढ्यो
काठमाडौ । सरकारले ह्विस्की र वाइन लगायत बियरमा प्रतिलिटर ३० रुपैयाँ बढाएको छ । 

यसअघि प्रतिलिटर १९८ कर रहेको बियर अब बढेर २२८ रुपैयाँ पुगेको छ । जसअनुसार ६५० एमएल बियरमा १९.५ रुपैयाँ बढ्ने भएको छ । त्यस्तै, सरकारले इनर्जी ड्रिङ्समा पनि बर बढाएको छ । प्रतिलिटर १४ रुपैयाँले बढाएको हो । यसअघि ३६ रुपैयाँ प्रतिलिटर रहेको कर बढेर ५० रुपैयाँ पुगेको छ ।