चार सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?


खबरस्टोरी संवाददाता
२० चैत्र २०७८, आईतवार
चार सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौँ।  सुनको भाउ आइतबार चार सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको  ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार सुन तोलाको ९९  हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।  आइतबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । 

आज चाँदीको भाउ भने स्थिर रहको छ  । शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।