विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले डिजिटल नेपाल एक्सेलेरेशन परियोजनाका लागी उक्त रकम बराबरको ऋण सहायता स्वीकृत गरेको विश्व बैंक नेपालले उल्लेख गरेको छ । यो सहायता ब्रोड ब्याडको पँहुच विस्तार र डिजिटल अर्थतन्त्रमा सहभागिता बढाउन खर्च गरिने छ ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका विश्व बैंकका कन्ट्री निर्देशक फारिस हसाद जेर्भोसले समावेशी र सुरक्षीत अर्थतन्त्रलाई प्रवद्र्धन गर्न सहायता सहयोगले टेवा दिने जानकारी गराए । विश्व बैंकका अनुसार यस परियोजनाले डिजिटल नेपाल फ्रेमवर्कको रणनीति कार्यानन्वयनमा सहयोग गर्नेछ र ग्रामिण क्षेत्रमा गुणस्तरीय डिजिटल ब्रोड ब्याण्ड सेवा विस्तारमा यो परियोजनाले कार्य गर्नेछ ।