डिजिटल नेपाल रुपान्तरणका लागि विश्व बैंकबाट १७ अर्ब ऋण स्वीकृत


खबरस्टोरी संवाददाता
३ असार २०७९, शुक्रबार
डिजिटल नेपाल रुपान्तरणका लागि विश्व बैंकबाट १७ अर्ब ऋण स्वीकृत
काठमाडौं । विश्व बैंकले डिजिटल नेपाल रुपान्तरणका लागी १४ करोड अमेरिकी डलर (करिब १७ अर्ब रुपैँया) ऋण सहयोग स्वीकृत गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले डिजिटल नेपाल एक्सेलेरेशन परियोजनाका लागी उक्त रकम बराबरको ऋण सहायता स्वीकृत गरेको विश्व बैंक नेपालले उल्लेख गरेको छ । यो सहायता ब्रोड ब्याडको पँहुच विस्तार र डिजिटल अर्थतन्त्रमा सहभागिता बढाउन खर्च गरिने छ । 

माल्दिभ्स, नेपाल र श्रीलंकाका विश्व बैंकका कन्ट्री निर्देशक फारिस हसाद जेर्भोसले समावेशी र सुरक्षीत अर्थतन्त्रलाई प्रवद्र्धन गर्न सहायता सहयोगले टेवा दिने जानकारी गराए । विश्व बैंकका अनुसार यस परियोजनाले  डिजिटल नेपाल फ्रेमवर्कको रणनीति कार्यानन्वयनमा सहयोग गर्नेछ र ग्रामिण क्षेत्रमा गुणस्तरीय डिजिटल ब्रोड ब्याण्ड सेवा विस्तारमा यो परियोजनाले कार्य गर्नेछ ।