“डान्सिङ स्टार्स नेपाल” को एक मात्र भोटिङ पार्टनर ‘खल्ती’


खबरस्टोरी संवाददाता
१५ चैत्र २०७८, मंगलवार
“डान्सिङ स्टार्स नेपाल” को एक मात्र भोटिङ पार्टनर ‘खल्ती’
काठमाडौँ। १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको “डान्सिङ स्टार्स नेपाल” को  एक मात्र भोटिङ पार्टनरको रुपमा नेपाल को प्रचलित भुक्तानी सेवा प्रदायक ‘खल्ती डिजिटल वालेट’ ले साझेदारी गरेको छ  । 

यो प्रतियोगिता १२ चैतदेखि हिमालय टीभी एचडीमा हरेक शनिबार राति ८ः०० बजेबाट प्रसारण भएको छ । यसमा नेपाली चलचित्र क्षेत्रका प्रख्यात कलाकार दिलीप रायमाझी, रेनिशा राई र गौरी मल्ल जजहरु को रुपमा रहेका छन् । भोटिङ लाइन आगामी शुक्रबार अर्थात चैत १८ गतेबाट सुरु हुनेछ । यो साझेदारीबारे प्रमुख कार्यकारी अधिकृत सीए विनय खड्काले भने, “लाखौं नेपालीहरूमा लुकेको प्रतिभा देखाउनेको साथै  मनोरञ्जन प्रदान गर्ने प्लेटफर्मको रूपमा काम गर्ने यस प्रकारका रियालिटी शोहरूसँग साझेदारी गर्न पाउँदा हामी उत्साहित छौं । साथै खल्ती प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने प्रतियोगीलाई साथ दिन भोटिङ सेवा प्रदान गर्न पाउँदा खुसी महशुस गरेका छौँ । ” 

यस भोटिंग सुविधाको साथ–साथै, ‘खल्ती’ले निःशुल्क बैंक ट्रान्सफर, बैंक लिंक , स्क्यान र पे अफरहरू जस्ता विभिन्न अफर र क्याम्पेनहरू निरन्तर ल्याइरहेको छ । ‘खल्ती’ नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित भएको छ । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ बिमा प्रिमियम तथा अनलाईन सपिङ साईटमा भुक्तानी गरि ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।