डिसहोमः प्रविधिको ‘सपिङ मल’, घरमै सिनेमा हल


खबरस्टोरी संवाददाता
२३ जेष्ठ २०७९, सोमबार
डिसहोमः प्रविधिको ‘सपिङ मल’, घरमै सिनेमा हल

काठमाडौं । नेपालमा पछिल्लो समय दैनिक उपभोग्यवस्तुदेखि विलासिताका सबै सामानहरु एकै ठाउँमा पाइन्छन् । त्यसका लागि सपिङ मल, भाटभटेनी वा बिगमार्टहरु उपभोक्ताको आकर्षण भइरहेका छन् । 

आवश्यक सबै वस्तुहरु एकै ठाउँमा किन्न पाइने भएपछि विभिन्न समानहरु खोज्न ठाउँ ठाउँमा भौंतारिन नपर्ने भएकाले सपिङ मलहरु उपभोक्ताहरुकाहरुको गन्तब्य बनिरहेका छन् । 

‘पे टिभी’ उद्योगका लागि विगत १२ वर्षदेखि सेवा प्रवाह गर्दै आएको डिस मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित नेपालको एकमात्र डीटीएच (डाइरेक्ट टु होम) सेवा प्रदायक कम्पनी डिसहोमले इन्टरनेट सेवासमेत प्रवाह गरेपछि प्रविधिको क्षेत्रमा ‘सपिङ मल’ नै बनेको डिसहोम प्रयोगकर्ताहरु बताउँछन् । 

नेपालीमै विश्वकप हेर्न पाइने सुविधा

टेलिभिजन च्यानल हेर्न सजिलो बनाउने आधुनिक प्रविधियुक्त जसले नागरिकको घरघरमा रहेका टेलिभिजन सेटसम्म सफा र राम्रोसँग हेर्न मिल्ने गरी सेवा प्रदान गर्दै आएको डीटीएच सेवा दिएको डिसहोमले आगामी विश्वकप फुटबल हेर्न सकिने सुविधा पनि दिन लागेको छ । 

यही जुन १४ बाट  सञ्चालन हुने फिफा विश्वकप फुटबल डिसहोमले नेपाली भाषामै प्रसारण गर्दैछ । विदेशी च्यानल खोजेर सधैँ अंग्रेजी भाषामा फुटबलको कमेन्ट्री सुनिरहेका दर्शकहरुले  यसवर्षदेखि नेपालीमा सुन्न पाउने भएको डिस मिडिया नेटवर्क प्रालिले जनाएको छ । 

डिसहोमले आफ्ना ग्राहकका लागि लाइभ (प्रत्यक्ष) फुटबलमा नेपाली भाषामै कमेन्ट्री प्रसारण गर्ने योजना बनाएको हो ।

सरकारले देशभर अनिवार्य रुपमा डिजीटलाइजेशनलाई लागू गरेपछि हाल नेपालमा डिजिटल प्रविधिमा टेलिभिजन हेर्ने ग्राहकको संख्या दिनदिनै बढ्दै गइरहेकाले डिस होमले नेपालकै पहिलो उच्च गुणस्तरको डिजिटल प्रविधिसहितको टीभी च्यानलको सुविधा प्रदान गर्दै आएको छ । 

डिस होम नेपालको एकमात्र टिभी सेवा प्रदायक मध्येको सबैभन्दा बढी प्रयोगकर्ता भएको कम्पनीको दाबी छ । 

दुई मुख्य डीटीएच प्रदायकहरू, होम टिभी र डिस नेपाल संयुक्त भएर सन् २००९ मा डिस होमको स्थापना भएको हो । टिभी हेर्नका लागि नेपालीहरुको भरपर्दो माध्यम बनेको डिस होम विद्युत लाइन नपुगेको ठाउँमा पनि सोलार जडिट टिभीमा हेर्न सकिन्छ । 

विल भुक्तानी गर्न कार्यालयसम्म पनि पुग्न नपर्ने तथा घरमै बसिबसि रिचार्ज गर्न सकिने सुविधा दिएको डिसहोमले नयाँ रिलिज भएका सिनेमाहरुसमेत शुल्क तिरेर हेर्न सकिने सुविधान समेत प्रदान गरेको छ । 

ग्राहकवर्गलाई लक्षित गर्दै  डिस होमले समयअनुसार नयाँ–नयाँ प्याकेजहरु पनि ल्याउने गरेको छ । डिस होमले ग्राहकलाई एचडी, एचडी प्लस, सुपर एचडी, अल्ट्रा एचडी, थ्रीडीसहितको मल्टिपल हाइ ब्यान्डविथमा टीभी हेर्ने सुविधा समेत प्रदान गरेको जनाएको छ । 

जुनसुकै ठाउँमा जडान, ७७ जिल्लामै पहुँच 

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिस होम नेपालको जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ । नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको यो प्रविधि विना तार जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ ।

सहरदेखि गाउँसम्म उतिकै रुचाईएको यस प्रविधिले सेटलाईट मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय च्यानल हेर्ने सुविधा प्रदान गर्दै आएको छ । हाल नेपाली तथा अन्तर्राष्ट्रिय न्यूज च्यानल एवम् मनोरन्जन गरी २ सय भन्दा बढी च्यानलहरु प्रशारण गर्दै आइरहेको डिसहोमको पहुँच देशको ७७ वटै जिल्लामा पुगेको छ । 

नेपालकै पहिलो डिजिटल टीभीकौ रूपमा सेवा दिइरहेको डिस होमले ग्राहकको डिमान्ड अनुसारको टीभी प्याकेज पनि दिएको छ ।

सस्तो मूल्यमा इन्टरनेट सेवा

नेपालमा डीटीएच टीभीको सेवा दिइरहेको डिसहोम नेटवर्कले गत वर्ष फेब्रुअरीबाट आफ्ना ग्राहकहरुलाई डिसहोम फाइबर नेट सेवा समेत दिँदै आएको छ । 

कम्पनीका विभिन्न ६ फाइबर इन्टरनेट प्याकेज २५ एमबीपीएसदेखि १०० एमबीपीएससम्मको छ । यो कम्पनीले काठमाडौं उपत्यकाको करिब ९० प्रतिशत स्थानमा फाइबर नेट सेवा उपलब्ध गराएको जनाएको छ । प्रयोगकर्ताले एक महिना, तीन महिना, ६ महिना वा एक वर्षको प्याकेज लिन सक्नेछन् ।

डिस मिडिया नेटवर्कले अनुमति लिएपछि सर्वप्रथम फाइवर नेटको ‘पाइलट प्रोजेक्ट’ भनेर ललितपुरको भैंसेपाटी एरियामा सुरु भएको थियो । भैंसेपाटी एरियामा सफल भइसकेपछि डिसहोमले आफ्नो फाइवर नेटको सुविधालाई देशव्यापी रुपमा अघि बढाएको छ ।

डिस होमले वार्षिक रुपमा रिचार्ज गर्ने ग्राहकहरुलाई एमबीपीएस अनुसार ५ हजार ८ सय ४१ रुपैँयादेखि १७ हजार ४ सय ९९ रुपैँयासम्ममा इन्टरनेट सेवा दिइरहेको छ । हाल डिसहोम र सिम टिभीको ग्राहकहरुलाई लक्षित गरेर फाइवर नेट उपलब्ध गराएको डिसहोमले टिभी नभएको ग्राहकका लागि पनि सोहि मूल्यमा इन्टरनेट सेवा दिएको जनाएको छ । 

मोबाइलमै टेलिभिजन हेर्न मिल्ने एप्स

डिसहोम मिडिया नेटवर्कले ‘डिस होम गो’ नामक एप्लिकेसन संचालनमा ल्याएर मोबाइलमै टेलिभिजन हेर्न मिल्ने सुविधा पनि दिएको छ । यो एप्सबाट ग्राहकले ७० वटा च्यानल मोबाइलबाटै हेर्न सक्ने कम्पनीको भनाइ छ । 

यससँगै डिसहोम ‘गो’ एपले भिडियो अन डिमान्ड सेवा पनि सुरु गरिरहेको छ, जसमा आफूले चाहेको समयमा अङ्ग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सर्टफिल्महरु हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।

डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरूलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हुँदा यो एप प्रयोगका लागि कुनै शुल्क पनि तिर्नुपर्दैन । 

आफ्नै टिभी, घरमै सिनेमा हल 

डिसहोम टेलिभिजनलाई थोरै मूल्यमा उच्चस्तरीय मनोरञ्जन प्रदान गर्ने सञ्चारमाध्यम पनि मान्न थालिएको छ । आफैले टेलिभिजन च्यानलसमेत सञ्चालन गर्दै आएको डिसहोमले नेपाली फिल्म हेर्न सकिने सिनेमा च्यानल पनि सञ्चालन गर्दै आएको छ । 

डिस होमले ग्रामीण क्षेत्रका एसईई परीक्षार्थीका लागि लक्षित गरेर टेलिभिजन कक्षा सञ्चालन गर्ने,  प्रत्येक हप्ता लक्कि ड्रमा छनोट हुने डिस होम प्रयोगकर्तालाई पुरस्कार दिने, सेटअप बक्स विग्रिएको खण्डमा डिसहोम आफैले निःशुल्क बनाईदिने सुविधा पनि आफ्ना ग्राहकलाई दिएको छ । 

त्यस्तै, डीसहोमको प्राथमिकता भनेको प्रत्येक घर घरमा डिसहोम पुर्याउने नै रहेको कम्पनीले जनाएको छ । नेपालको प्रत्येक घरलाई इन्टरनेट र टेलिभिजनको माध्यमबाट संसारसँग जोड्ने कोशिस  डिसहोमले गरिरहँदा आगामी दिनमा आफ्नो सेवालाई अझ फराकिलो र विस्वासिलो तथा गुणस्तरीय बनाउँदै लैजाने लक्ष्य कम्पनीले राखेको छ । हाल नेपालभर गरेर १६ लाख भन्दा बढी डिसहोमका ग्राहक रहेको डिस मिडिया नेटवर्कले जनाएको छ ।