एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबिच सम्झौंता


खबरस्टोरी संवाददाता
१० चैत्र २०७८, बिहीबार
एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबिच सम्झौंता
काठमाडौं । एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (एनबिआई) बिच “अपरेशन रिस्क मेनेजमेन्ट सिस्टम ” सफ्टवेयर लिने सम्झौतामा हस्ताक्षर भएको छ । दुबै संस्थाबिच यही चैत सात गते सहकार्य गर्ने बिषयमा सम्झौता भएको हो । 

जसमा एनबिआइले अपरेशनल रिस्क मेनेजमेन्ट सफ्टवेयर उपलब्ध गराउने छ । यो सफ्टवेयरले तथ्याङ्कहरुको आन्तरीक नोक्सानीहरुको सूचना उपलब्ध गराउन मद्वत गर्ने साथै बैंकमा हुन सक्ने महत्वपूर्ण जोखिम संकेत र तिनीहरुको नियन्त्रण, विश्लेषण र व्यवस्थापन गर्न सहजीकरण गर्नेछ । यो सफ्टवेयरले बासेल–३ बमोजिमका संचालन जोखिमहरुलाई नियन्त्रण गरी व्यवस्थापन गर्दछ । 

सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनबिआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत खालिङले एनबिआईले यस्ता किसिमका बैंकिङ्ग व्यवस्थालाई मजबुत र सुरक्षित गराउने उपयोगी औजारहरुको खोज र विकास गरी सहयोग गर्ने विश्वास र शूभकामना व्यक्त गरे ।