जसमा एनबिआइले अपरेशनल रिस्क मेनेजमेन्ट सफ्टवेयर उपलब्ध गराउने छ । यो सफ्टवेयरले तथ्याङ्कहरुको आन्तरीक नोक्सानीहरुको सूचना उपलब्ध गराउन मद्वत गर्ने साथै बैंकमा हुन सक्ने महत्वपूर्ण जोखिम संकेत र तिनीहरुको नियन्त्रण, विश्लेषण र व्यवस्थापन गर्न सहजीकरण गर्नेछ । यो सफ्टवेयरले बासेल–३ बमोजिमका संचालन जोखिमहरुलाई नियन्त्रण गरी व्यवस्थापन गर्दछ ।
सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनबिआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत खालिङले एनबिआईले यस्ता किसिमका बैंकिङ्ग व्यवस्थालाई मजबुत र सुरक्षित गराउने उपयोगी औजारहरुको खोज र विकास गरी सहयोग गर्ने विश्वास र शूभकामना व्यक्त गरे ।