“नेपाली साहित्यका चम्किला ताराहरू” भन्ने नारासहितको क्यालेन्डर २०७९ सालको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्तरुपमा अनावरण गरेका हुन् । कार्यक्रममा बागमती प्रदेश प्रबन्धक सन्तोष कुमार भट्टराई र पुष्पराज उप्रेती, प्रमुख–बजार तथा संस्थागत निक्षेप, एभरेष्ट बैंक लिमिटेडका तथा अन्य उच्च अधिकारीहरूकोउपस्थिति रहेको थियो ।
साथै, कार्यक्रममा बैंक व्यवस्थापनले नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने लेखकहरुलाई सम्मान गर्न यस विषयवस्तुलाई चित्रण गरेको जनाएको छ । एभरेष्ट बैंक लिमिटेडसँग हाल लाखौं सन्तुष्ट ग्राहकहरू छन् । हाल बैंकले आफ्ना ११२ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४५ एटीएम र आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।