एभरेष्ट बैंकद्घारा २०७९ सालको क्यालेन्डर सार्वजनिक


खबरस्टोरी संवाददाता
१२ चैत्र २०७८, शनिबार
एभरेष्ट बैंकद्घारा २०७९ सालको क्यालेन्डर सार्वजनिक
काठमाडौं।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडले २०७९ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाललाई पर्यटकीय सम्भावना बोकेको मुलुकको रुपमा  प्रवर्धन गर्ने उद्देश्यले लामो समयदेखि बैंकले नेपाली संस्कृति तथा पर्यटनसँग सम्बन्धित विभिन्न विषयवस्तुलाई समेट्दै आएको छ ।

“नेपाली साहित्यका चम्किला ताराहरू” भन्ने नारासहितको क्यालेन्डर २०७९ सालको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्तरुपमा अनावरण गरेका हुन् । कार्यक्रममा बागमती प्रदेश प्रबन्धक सन्तोष कुमार भट्टराई र पुष्पराज उप्रेती, प्रमुख–बजार तथा संस्थागत निक्षेप, एभरेष्ट बैंक लिमिटेडका तथा अन्य उच्च अधिकारीहरूकोउपस्थिति रहेको थियो ।

साथै, कार्यक्रममा बैंक व्यवस्थापनले नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने लेखकहरुलाई सम्मान गर्न यस विषयवस्तुलाई चित्रण गरेको जनाएको छ । एभरेष्ट बैंक लिमिटेडसँग हाल लाखौं सन्तुष्ट ग्राहकहरू छन् । हाल बैंकले आफ्ना ११२ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४५ एटीएम र आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।