एभरेष्ट बैंकद्वारा बर्दियाको राजापुरमा आफ्नो ११७ औं शाखाको उद्घाटन


खबरस्टोरी संवाददाता
२२ असार २०७९, बुधबार
एभरेष्ट बैंकद्वारा बर्दियाको राजापुरमा आफ्नो ११७ औं शाखाको उद्घाटन
काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाहरु उपलव्ध गराउनका लागि बर्दियाको राजापुरमा आफ्नो ११७ औं शाखाको बुधबार समुदघाटन गरेको छ ।

राजापुर नगरपालिकाका मेयर दिपेश थारु र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्तरुपमा राजापुर शाखाको उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापा, राजापुर महानगरपालिका वडा– ४ का अध्यक्ष बिदुर पोखरेल र नेपाल प्रहरीका डीएसपी प्रकाश सापकोटाको पनि उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजापुर नगरपालिका वडा–४ लाई २० थान डस्टबिन पनि हस्तान्तरण गरेको थियो ।

बैंकको हाल लाखौं ग्राहक संख्या रहेको छ । बैंकका हाल ११७ शाखा, १५१ एटिएम, ३१ राजस्व संकलन काउन्टर र यसको व्यापक विश्वव्यापी नेटवर्क मार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।