एभरेष्ट बैंकद्वारा जमल, महाराजगंज र जरङखुमा नयाँ शाखा उद्घाटन


खबरस्टोरी संवाददाता
१३ चैत्र २०७८, आईतवार
एभरेष्ट बैंकद्वारा जमल, महाराजगंज र जरङखुमा नयाँ शाखा उद्घाटन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि काठमाण्डांैको जमल, महाराजगंज र जरङखुमा आफ्नो नयाँ शाखाहरु आईतबार उद्घाटन् गरेको छ । 

जमल शाखाको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत  सुदेश खालिङ र राष्ट्रिय नाचघरका, महाप्रबन्धक अशोक कुमार राईले संयुक्त रुपमा गरेका छन् । त्यसैगरी, महाराजगंज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र काठमाण्डांै महानगरपालिका वडा. नं ०४ का वडा अध्यक्ष मोहनबहादुर बिष्टले संयुक्त रुपमा गरेका छन् । साथै, जरङखु शाखाको उद्घाटन एभरेष्ट बैंकका संचालक डा. बालगोपाल बैद्य र तारकेश्वरका नगर प्रमुख रामेश्वर बोहोराले संयुक्तरुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशव राज पौड्याल र आशुतोष शर्मा, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई, अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत खालिङ तीन वटै स्थानका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् । स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११५ शाखा संजाल, प्रादेशिक कार्यालय, १४८ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।